अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिका–७, रामबजारमा आुधनिक रंगशाला निर्माण हुने भएको छ ।
खेलकुद क्षेत्रको विकासका लागि नगरमा आधुनिक रंगशाला निर्माण गर्न लागिएको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकामा प्याराफिटसहितको रंगशाला निर्माण गर्न लागिएको हो । ‘इलाभेन ए साइडको आधुनिक रंगशाला निर्माण गर्दैछौँ । रंगशाला निर्माणमा झण्डै ८० लाख रुपैयाँ खर्च हुनसक्ने अनुमान गरिएको छ,’ उहाँले भन्नुभयो ।
मेयर पाण्डेले सोमबार रंगशाला निर्माणको शिलान्यास समेत गर्नुभएको छ । मंगलबारबाटै रंगशाला निर्माणको काम सुरु गरिने उहाँले बताउनुभएको छ । आगामी चैतसम्म रंगशाला निर्माण कार्य सक्ने लक्ष्य लिइएको पनि उहाँले बताउनुभएको छ ।
आधुनिक खेल मैदान नहुँदा मध्यनेपाल नगरपालिकामा नगरस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न समस्या थियो । खेतका गह्रामा खेल खेल्नुपर्ने, खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता थियो । ‘आधुनिक रंगशाला निर्माण भएसँगै यो समस्या हल भएर जाने हाम्रो विश्वास छ,’ मेयर पाण्डेले थप्नुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।