हिमालयन बैंकको २६औँ साधारसभा सम्पन्न

 पुस ३०, २०७५ सोमबार १७:८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिमालयन बैंक लिमिटेडको छब्बीसौँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ रुपैयाँ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो  । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसअवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ५ गते सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी सभालाई दिनुभयो ।

अध्यक्ष श्रेष्ठले २६ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तीय क्षेत्रको अग्रणीमध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गर्नुभयो । उहाँले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक प्रतिबद्ध रहेको बताउन भयो । 

अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७४/७५ अन्त्य सम्म  ९९ अर्ब ७४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी गराउनु भयो जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया