इरानमा कार्गो विमान दुर्घटना : १६ जनाको मृत्यु, एकजना जीवित

 पुस ३०, २०७५ सोमबार १७:२८:३५ | रासस
unn.prixa.net

तेहरान – इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

कार्गो विमानमा १७ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार विमानमा १७ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान इन्जिनियर मात्र जीवित रहेका थिए ।

कार्गो बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपछि दुर्घटनाग्रस्त भएको इरान वायुयान संगठनका प्रवक्ता रेजा जाफार्जादेशले सरकारी सञ्चारमाध्यम आइआरआइबीलाई बताउनु भएको छ ।

तासनिम समाचार समितिका अनुसार सेनाको यो कार्गो विमानले काजकिस्तानको राजधानीबाट मासुजन्य खाद्य पदार्थ लिएर फर्किरहेको थियो । आल्बोर्ज प्रान्तको फाथ विमानस्थलमा अवतरण हुन लागेको यो विमानले एक भवनमा ठक्कर दिएपछि धावनमार्गभन्दा बाहिरपट्टी जबर्जस्ती अवतरण हुन लागेकोले दुर्घटनामा परेको आइआरआइबीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया