टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूनतम स्कोरको रेकर्ड चीनको नाममा

 पुस ३०, २०७५ सोमबार २०:३७:३३ | एजेन्सी
unn.prixa.net

आइतबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम स्कोरको रेकर्ड बनेको छ । थाइल्याण्डमा भैरहेको टी–२० स्म्याशको एक खेलमा चीनको महिला क्रिकेट टोली १४ रनमै अलआउट भयो । यो स्कोर महिला र पुरुष दुवै वर्गको टी–२० क्रिकेटमा न्यूनतम स्कोर हो । 

खेलमा पहिले ब्याटिङ गर्दै यूएईले २० ओभरमा तीन विकेट गुमाउँदै २०३ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा चीन एकदमै कमजोर सावित भयो । उसले १४ रन बनाउँदा आफ्ना सबै विकेट गुमाउन पुग्यो । चीन १८९ रन ले हार्न पुग्यो । साथै चीनका लागि सर्वाधिक व्यक्तिगत ४ रन थियो । 

यसभन्दा पहिले चीनको पुरुष क्रिकेट टोली पनि टी–२० विश्वकप छनौटमा नेपालविरुद्धको खेलमा २६ रनमै अलआउट भएको थियो । 

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसभन्दा पहिले न्यूनतम स्कोरको रेकर्ड मेक्सिकोको नाममा थियो । मेक्सिकोले गएको वर्ष ब्राजिलविरुद्ध मात्रै १८ रन बनाएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया