एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने
बैशाख ६, २०८१ बिहिबार
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सहभागी सिलेट सिक्सर्सले मंगलबार बीपीएल क्रिकेटमा कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्दै छ ।
यो खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । टिमले चौथो खेल खेल्न लाग्दा तालिकाको छैटौं स्थानमा रहेको छ ।
पछिल्ला खेलमा विकेटविहीन बनेका सन्दीपले मंगलबारको खेलमा कस्तो प्रदर्शन गर्लान सबैको चासोको विषय बनेको छ । सिलेटले अहिलेम्म १ खेलमा जित हात पार्दा २ खेलमा पराजित भएको छ । कोमिल्ला भने ४ मध्ये २ खेलमा जित हात पार्दै चौथो स्थानमा रहेको छ ।