एसियन कप फुटबलमा भारतीय टिम समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षकले दिए राजीनामा

 माघ १, २०७५ मंगलबार १०:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी एसियन कप फुटबलमा भारतीय टिम समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक स्टीफन कान्सटेन्टाइनले राजिनामा दिएका छन् ।

सोमबार राति समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएपछि भारत समूह चरणबाट बाहिरिएको हो । बराबरीले मात्रै पनि नकआउट चरणमा पुग्ने भारत अतिरिक्त समयको दोस्रो मिनेटमा गोल खाएपछि सम्भावना सकिएको थियो  ।

५६ वर्षीय प्रशिक्षक कन्सटेन्टाइनले सन् २०१५ मा भारतीय टिम सम्हालेका थिए । उनकै प्रशिक्षणमा भारतीय टिमले एशियन कपका लागि छनौट भएको  थियो । यसअघि उनले सन् २००२ देखि २००५ सम्म भारतको टिम सम्हालेका थिए ।

अल इन्डिया फुटबल फेडरेशनका महासचिव कुशाल दासले ट्वीट गर्दै प्रशिक्षकले पदबाट राजीनामा दिएको आफूले सुनेको तर आधिकारिक जानकारी नआएको बताएका छन् । उनले प्रशिक्षकको फैसलालाई आफूहरुले स्वीकार गर्दै अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।
 

अन्तिम अपडेट: चैत १६, २०७५

तपाईको प्रतिक्रिया