‘टुटल’ र ‘पठाओ’ चल्न दिने वा नदिनेबारे आज निर्णय हुने

 माघ १, २०७५ मंगलबार ११:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मोबाइल एप्लिकेसन मार्फत यात्रु बोक्दै आएका ‘टुटल’ र ‘पठाओ’ यातायात सेवालाई चल्न दिने वा नदिने भन्नेबारेमा ट्राफिक प्रहरीले मंगलबार निर्णय गर्ने भएको छ । 

यातायात व्यवस्था विभागमा दर्ता नभई काठमाण्डौ उपत्यकामा निजी मोटरसाइकल र स्कुटरमा शुल्क लिएर यात्रु बोक्दै आएका टुटल र पठाओ यातायातलाई गएको शनिबारदेखि रोक लगाएको ट्राफिक प्रहरीले यसबारे मंगलबार निर्णय गर्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । 

उहाँले उनीहरुलाई वैधानिक हुन समय दिने वा चलाउन नदिने भन्ने बारेमा निर्णय गर्न लागिएको बताउनुभयो । कानुन विपरित निजी नम्बरका मोटरसाइकल भाडामा प्रयोग भएको गुनासो आएकाले उनीहरुलाई यात्रु बोक्न रोक लगाइएको उहाँको भनाई छ । 

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा निजी गाडीमा भाडाका यात्रु बोक्न अनुमति छैन । यातायात व्यवस्था विभागसँग समन्वय नगरी बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ ले निजी नम्बर प्लेट भएका मोटरसाइकलमा भाडाका यात्रु बोक्दै आएका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • JeevanThapa

    July 17, 2019, 10:28 a.m.

    पठाओ र टुटल राइडर साथीहरु, हामीले यात्रु बोकेबापत प्रति किलोमिटर रु.१५ पाउछौ र त्यसमा २० देखि २५ प्रतिशत कम्पनीलाई दिनुपर्छ । कम्पनीलाई दिएर बचेको रकम रु ११ देखि १२ सम्म हुन्छ । यो रकममा हाम्रो कति बचत हुन्छ साथीहरुले कहिले हिसाब गर्नु भाको छ ? हामीले चलाई राखेको बाइकले प्रतिकिलोमिटर कति खर्च निकाल्छ भनेर हिसाब गर्नु भएको छ ? सानो वाइकको मुल्य रु . २,३०,००० छ भने खर्च Depreciation 20% Rs 46,000 Per Year Fuel (2000KM/45X111X12=5000X12) Rs.60,000 Service & Maintained (Per 2000/km= 2000X12) Rs.24,000 Tax Per Year Rs.3,000 Insurance Full Rs.5,600 Miscellaneous Maintenance Rs.3,600 Total Rs1,74,600 Per Km cost Rs.7 अब बाईक चलाउदाँ प्रति किलोमिटर पाउने रु.४ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया