फेडेररले सुनाए ‘फर्स्ट किस’ अनुभव

 माघ १, २०७५ मंगलबार १२:२८:२५ | एजेन्सी
unn.prixa.net

विश्व टेनिसका महान खेलाडी रोजर फेडेररलाई सोधिने अधिकांश प्रश्न होः सन्यासको योजना के छ ? यो प्रश्नको जवाफ फेडेररसँग छैन ।

किनभने फेडेरर आफ्नो शरीरले साथ दिएसम्म खेल्न चाहन्छन् । ३७ वर्षे फेडेररले यो वर्ष सन्यास लिन्छु भन्ने योजना नबनाए पनि विम्बल्डनलाई आफ्नो अन्तिम प्रतियोगिता बनाउने बताएका छन् । विम्बल्डनका सबैभन्दा सफल खेलाडी फेडेरर हुन् । उनले कुल आठवटा विम्बल्डन जितेका छन् ।

सीएनएनसँगको एउटा अन्तरवार्तामा फेडेररको पहिलो ‘किस’(चुम्बन) को अनुभवबारे सोधिएको थियो । यसको जवाफ फेडेररले लजाउँदै दिए । १८ वर्षको हुँदा फेडेररले आफूभन्दा साढे दुई वर्ष जेठी केटीलाई किस गरेका थिए । उनको नाम मिर्का भाब्रिनेक थियो । त्यो किस सन् २००० को सिड्नी ओलम्पिक गेम्सका क्रममा भएको थियो । 

‘हामी दुवै स्विट्जरल्याण्डका लागि खेल्थ्यौँ’, फेडेरर सम्झिन्छन्, ‘दुई साता जति हामीले एउटै डर्मिटरीमा बितायौँ, जहाँ हामीसँग रेस्लिङ खेलाडीहरु थिए । त्यहाँ हामीबीच केही ‘केमेस्ट्री’ बन्न थाल्यो ।’

रेस्लरहरुको मन विशाल हुन्छ भन्ने अनुभव पनि फेडेररले गरे, ‘एकजनाले भलाई भने किस गर ।’तर फेडेररलाई आँट आएन । ती रेस्लरले सहज बनाइदिए । र उनले किस गरे । 

‘पछि ती केटीले किस गर्दा तिमी सानो थियौ भनेकी थिइन्’, जुन बेला फेडेरर साढे १८ वर्षका मात्र थिए । 

ती महिला रोजर फेडेररकी पत्नी हुन् । जसले टेनिसबाट सन् २००२ मा सन्यास लिएकी थिइन् । उनीहरुले सन् २००९ मा विवाह गरे । उनीहरुको दुई जोडी जुम्ल्याहा बच्चा छन् । सन् २००९ मा जुम्ल्याहा छोरी र सन् २०१४ मा जुम्ल्याहा छोरा जन्माएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया