सबरीमला मन्दिर प्रवेश गर्ने महिलामाथि आक्रमण

 माघ १, २०७५ मंगलबार १४:४८:१२ | एजेन्सी
unn.prixa.net

गएको जनवरी २ मा ५० वर्षभन्दा कम उमेरका दुई महिला केरलमा रहेको सबरीमला मन्दिरमा प्रवेश गरेका थिए । ती दुई महिलामध्ये एक जना कनकदुर्गामाथि आक्रमण भएको छ ।

उनी अहिले केरलको एउटा सरकारी अस्पतालमा उपचाररत रहेको बीबीसीले जनाएको छ । सबरीमला मन्दिरबाट दर्शन गरेर फर्कँदै गर्दा उनीमाथि आज बिहान आफ्नै सासूले आक्रमण गरेकी हुन् । 

कनकदुर्गा सँगै मन्दिर प्रवेश गर्ने बिन्दु अम्मिनी भन्छिन्, ‘उनकी सासूले कनकदुर्गाको शिरमै हानेकी थिइन् । मन्दिरमा दर्शन गरेर घर फर्कँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।’

पेरिनथलमन्नाका ४० वर्षीय बिन्दु र कन्नुरकी ३९ वर्षीया कनकदुर्गा जनवरी २ मा मन्दिर प्रवेश गरेका थिए । प्रदर्शनकारीहरुबाट बचाउँदै यी दुई जना प्रहरीको सुरक्षा घेरामा नै मन्दिर प्रवेश गरेका थिए । 

सेप्टेम्बर २८ मा भारतीय सर्वोच्च अदालतले १० वर्षदेखि ५० वर्षसम्मका महिलालाई स्वामि अयप्पाको मन्दिरमा जाने अनुमति दिएको थियो । तर स्वामि अयप्पा ब्रम्हचारी भएको भन्दै महिनावारी हुने उमेर समूहका महिलालाई मन्दिरमा प्रवेश गर्न नदिने परम्परा रहेको थियो । यी दुई महिलाले त्यो परम्परा तोडेका थिए । 

कनकदुर्गा नायर समुदायकी महिला हुन् । उनी आज बिहान साढे सात बजे नै घर फर्किएकी थिइन् । बिन्दुसँगै उनी पनि थुप्रै पटक असुरक्षाका कारण ठाउँ परिवर्तन गर्दै आएकी छिन् । 

गएको जनवरी २ मा ५० वर्षभन्दा कम उमेरका दुई महिला केरलमा रहेको सबरीमला मन्दिरमा प्रवेश गरेका थिए । ती दुई महिलामध्ये एक जना कनकदुर्गामाथि आक्रमण भएको छ ।

केरलको सबरीमला मन्दिरमा दुईजना महिला प्रवेश गरे, शुद्धिकरणका लागि भन्दै मन्दिर बन्द गरियो

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया