रामबहादुर बमजनमाथि झुटो आरोप लगाइएको बोधी श्रवण धर्म संघको आरोप

 माघ १, २०७५ मंगलबार १४:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’को नामले चर्चित आफ्ना धर्म गुरु रामबहादुर बमजनमाथि आश्रममै आनीहरुलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको समाचार आइरहेकोमा आपत्ति जनाएको छ । 

संघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी आफ्ना गुरु बमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको दाबीसमेत गरेको छ । करोडौँ नागरिकको विश्वासको धरोहर आफ्ना गुरु बमजनमाथि चेलाहरुलाई हत्या, बलात्कार र बेपत्ता पारेको भन्दै आएको समाचार सत्य नरहेको संघका अध्यक्ष निलबहादुर थिङले दाबी गर्नुभयो ।

उहाँले भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरुबारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर आफ्ना गुरु बमजनमाथि आरोप लगाइएको भन्दै आपत्ति पनि जनाउनुभयो । आफूहरुको आश्रमबाट कसैमाथि पनि हत्या, बलात्कारलगायतका घटना नभएको बमजन संरक्षक रहेको संघको दाबी छ ।

संघले आफ्ना गुरु बमजनमाथि देशमा सामाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाएको भन्दै भ्रमणमा नपर्न पनि सबैलाई आह्वान गरेको छ । 

बमजनमाथि आश्रममै आफ्ना चेलाहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायतको आरोप लगाइएको छ । त्यस सम्बन्धमा प्रहरीले पनि बाराको हलखोरिया, सिन्धुपाल्चोकको धापसारा आश्रममा अनुसन्धान सुरु गरेको छ ।  

संघका अध्यक्ष थिङले त्यस घटनाबारे सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया