मोटरसाइकल र स्कुटरमा भाडा लिएर यात्रु बोक्न प्रतिबन्ध

 माघ १, २०७५ मंगलबार १६:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब मोटरसाइकल र स्कुटरमा भाडा लिएर यात्रु ओसारपसार गर्न नपाइने भएको छ । 

यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने भएकाले दुई पांग्रे गाडीले यात्रु ओसार्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाले सोमबार मोटरसाइकल र स्कुटरमा यात्रु आसार्नेसित छलफल गरेको हो । छलफलमा यातायात व्यवस्था  विभागसँगको समन्वयन गर्न र अर्को निर्णय नहुञ्जेल यात्रु नओसार्न निर्देशन दिइएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा अहिले ‘टुटल’ र ‘पठाओ’ नाम केही व्यक्तिको समूहले मोटरसाइकल र स्कुटरमा यात्रु ओसार्ने गरेका छन् ।  यस्तै ट्राफिक प्रहरीले यात्रुलाई यस्तो सेवा नलिन पनि आग्रह गरेको छ । 

सेवा लिँदा आफू ठगिए वा कुनै समस्यामा परे तुरुन्त ट्राफिक प्रहरी वा प्रहरीमा खबर गर्न पनि यात्रुलाई भनिएको छ । नियमविपरीत मोटरसाइकल र स्कुटरमा यात्रु बोक्नेलाई एक हजार रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच, मोबाइल एप्लिकेशनमार्फत सम्पर्क गरी यात्रुलाई गन्तव्यमा पुर्याउँदै आएका यस्ता सेवा दर्ता नहुँदा कानूनी जटिलता देखिएको भन्दै ट्राफिक प्रहरीले पाँच जनालाई कारबाही गरेको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

4 Comments

  • गणेश शर्मा

    Jan. 15, 2019, 7:26 p.m.

    "यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने भएकाले दुई पांग्रे गाडीले यात्रु ओसार्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।" निजी प्रयोजनका लागि दर्ता गरिएको गाडीले भाडामा आन्तरिक तथा बहिए पर्यटक ओसार्न चाहिँ पहुने हो?

  •  0 Reply
  • Kirati bantawa

    Jan. 15, 2019, 6:13 p.m.

    अनि आफ्नो श्रीमती र छोरा छोरी छोडेर एक्लै चढ्नु भनेको कि ? कसरि चिन्नु आफ्नो परिवार र अरु मान्छे भनेर ...यसको तात्पर्य आफ्नो बुढी पनि चढ्न नपाउने कुरा आयो त ?

  •  0 Reply
  • Bharat P. Pathak

    Jan. 15, 2019, 5:59 p.m.

    सर्बसाधारण जनताका लागी उपयोगि यातायातका साधनको ब्यबस्थापन गर्ने टूटल र पठाओ जस्ता सूलभ यातायात ब्यबस्थापन सँयन्त्र माथीको कार्बाही तुरुन्त बन्द गर, उक्त सँयन्त्र लाई यथाबत चल्न देउ, तत्काल कानून बनाउ र नियमन गर सरकार ।

  •  0 Reply
  • अर्जुन खड्का

    Jan. 15, 2019, 5:32 p.m.

    यो देशको सिस्टम पुरै आलुजस्तो छ । अर्बौ भ्रष्टाचार गर्नेलाइ तत्काल कारबाही नगर्ने रे अनि खाली समयको सदुपयोग गर्दै पकेट मनि कमाउने केहि थान युवाहरुलाइ चै काम गर्नै प्रतिबन्ध ? उल्लेखित apps हरुलाइ करको दायरामा ल्यायर गरिखान दिय हुदैन ? कुन चै यात्रुले कहाँ अनि कहिले गुनासो गर्यो ? taxi भन्दा धेरै सस्तो,छिटो छरितो सेवालाइ प्रतिबन्ध लगाउने अनि taxi को ठगी धन्दालाइ प्रोत्साहन गर्ने ? त्यसै लाखौ युवाहरुले देश छोड्छन त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया