दोस्रो एक दिवसीय: अष्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी, श्रृंखला १-१ काे बराबरी

 माघ १, २०७५ मंगलबार १७:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट भारतले ६ विकेटले जितेको छ ।

एडिलेडमा घरेलु टोली अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै भारतलाई २९९ रनको लक्ष्य दिएको थियो । भारतले उक्त लक्ष्य ४ बल बाँकी छदै ४ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतको जितमा कप्तान विराट कोहलीले १०४ रन बनाउँदा विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले नट आउट ५५ रन बनाए ।  रोहित शर्माले ४३ रन बनाउँदा शिखर धवन ३२ रनमा पेभेलियन फर्किए ।

यस्तै दिनेश कार्तिक २५ रनमा नट आउट रहँदा अम्बाति रायडुले २४ रनको योगदान गरे । अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाउँदा शन मार्शले १३१ रनको योगदान गरेका थिए । ग्लेन म्याक्सवेलले ४८ रन बनाए भने मार्कस  स्टोइनिस २९ रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमारले ४ तथा मोहमद शामीले ३ विकेट हात पारेका थिए । आजको खेलमा भारत विजयी भएसँगै तीन एक दिवसीय सिरिज १–१ को बराबरीमा आएको छ । अब अन्तिम तथा निर्णायक एकदिवसीय क्रिकेट १८ तारिखमा हुने छ ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया