जीपले ठक्कर दिँदा बालकको ज्यान गयाे

 माघ १, २०७५ मंगलबार १७:४८:४५ | हेमराज शर्मा

दाङ - दाङको लमहीमा जीपको ठक्करबाट मंगलबार एक बालकको ज्यान गएको छ ।

लमही नगरपालिका वडा नंं-५ रातोडाँडामा मंगलबार दिउँसो जीपले ठक्कर दिँदा बाजुराको फैती गाउँपालिका वडा नं-३ घर भएर अहिले लमही बस्ने ७ वर्षीय हेमन्त मल्लको ज्यान गएको इलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ८०४१ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान जाने बालक इलाका प्रहरी कार्यालय लमहीमा कार्यरत एक प्रहरी हवल्दारका छोरा रहेका पनि प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया