काठमाण्डौमा माघी र माघे सक्रान्तिको रौनक (फोटो फिचर)

 माघ १, २०७५ मंगलबार १८:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

माघ एक गते अर्थात माघे संक्रान्ति । सूर्य आजकै दिन धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ । त्यही भएर यसलाई मकर संक्रान्ति पनि भनिन्छ । 

थारु, मगर र हिन्दू समुदायले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने गर्छन् । थारु समुदायले यस दिनलाई नयाँ आर्थिक वर्ष मान्दै माघी पर्वको रुपमा  हर्षाेल्लासको साथ मनाउने गर्छ ।

तरुलको पर्वका रुपमा मानिने यो पर्व काठमाण्डौका विभिन्न ठाउँमा धुमधामका साथ मनाइयो । नेपाल मगर समाजले काठमाण्डौको टुँडिखेलमा आफ्नो सांस्कृतिक

कार्यक्रम आयोजना गर्दै मनायो ।


कार्यक्रमा खानेपानी तथा सरसफाई मन्त्रि बिना मगरको पनि उपस्थिति थियो । 

टुँडिखेलमा आज आफनो मौलिक भेषभुषामा सजिएका मगर समुदायका मानिसहरुको बाक्लो उपस्थितिले थियो ।

यस्तै थारु समुदायले चुच्चेपाटीमा रहेको ह्यात होटेलको चौरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

आफनो सँस्कृति जोगाउन थारु महोत्सवको आयोजना गरिएको थारु समाजका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो । 


 

तस्बिर - विकाश गोले

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया