कुखुरा फार्ममा आगलागी : झण्डै एक लाखको क्षति

 माघ १, २०७५ मंगलबार १८:४९:२४ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – देउखुरीको एक कुखुरा फार्ममा आगलागी हुँदा झण्डै १ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

लमही नगरपालिका–२, सोनपुरमा रहेको कुखुरा फार्ममा गएराति विद्युत तारसट भई आगलागी भएको हो । आगलागीमा ८५ हजार रुपैयाँ बराबरको क्षति भएको फार्म संचालक प्रेम चौधरीले जानकारी दिनुभयो ।

आगलागीमा झण्डै तीन सय चल्ला जलेर नष्ट भएका छन् । आगलागी भए लगत्तै अस्थायी प्रहरी पोष्ट नर्तीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

फार्ममा रहेका ५ सयमध्ये २ सय चल्लालाई जीवितै उद्धार गरिएको छ । समयमै आगो निभाइएका कारण अन्य क्षति हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया