जोर्डन र अष्ट्रेलिया एसियन कप फुृटबलको प्रि–क्वार्टरफाइनलमा

 माघ २, २०७५ बुधबार ७:१:४७ | एजेन्सी
unn.prixa.net

यूएईमा जारी एसियन कप फुटबलमा जोर्डन र अष्ट्रेलिया प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको खेलमा जोर्डन र प्यालेस्टाइनले गोलरहित बराबरी खेलेपछि जोर्डन र अष्ट्रेलिया प्रि–क्वार्टरफाइनलमा पुगेका हुन् । जोर्डनले तीन खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंकसहित समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।  

यस्तै अर्को खेलमा अष्ट्रेलिया र सिरियाले पनि २–२ गोलको बराबरी खेलेका थिए । बराबरीसँगै अष्ट्रेलियाले तालिकामा ४ अंक बनाउँदै समूह उपविजेताको रुपमा पुग्न सफल भयो । अष्ट्रेलियाका अवेर मबिलले ४१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको २ मिनेटपछि सिरियाका ओमार करिबनले बराबरी गोल गरेपछि पहिलो हाफ एक –एकको बराबरीमा टुंगिएको थियो ।

५४ औँ मिनेटमा क्रिष्टोफर जेम्सले गोल गर्दै अष्ट्रेलियालाई २–१ को अवस्थामा लगेका थिए । तर निर्धारित समयको १० मिनेट बाँकी रहेका बेला अष्ट्रेलियाका खेलाडीले गल्ती गर्दा सिरियाले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई सिरियाका ओमार अल सोमाले गोलमा परिणत गरेपछि खेल २–२ को बराबरीमा आएको थियो । 

बराबरीसँगै अष्ट्रेलिया प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया