भोजपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

 असार ४, २०७५ सोमबार १७:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर –  जिल्लाको उत्तरी साल्पासिलोछो गाउँपालिकामा आमालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

साल्पा सिलिछो गाउँपालिका –२, का २० वर्षीय युवकलाई  ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।    

पीडीत आमाले आफूलाई छोराले  जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया