नेपाली महिला बलरसामू थाई ब्याट्सवुमेन निरीह, १९ रनमै अलआउट

 माघ २, २०७५ बुधबार ९:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा घरेलु टिम ‘ए’ लाई नेपालले १९ रनमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा १९ रन बनाएको हो ।

थाइल्याण्ड ‘ए’ का कुनै पनि खेलाडीले नेपाली बलरसामू खुलेर खेल्न सकेनन् । थाइल्याण्डका लागि थानचोनक फोपुलुक सर्वाधिक ४ रनमा नटआउट रहँदा वार्ली सेनसङले ३ तथा मनातासेवै जेटोले २ रन बनाइन् । 

खाता नखोल्दै पहिलो विकेट गुमाएको थाइल्याण्डले २ रन जोड्दा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ८ रनको साझेदारी गर्दै स्कोर बोर्डमा  १० रन पुग्दा तेस्रो देखि छैटौँ विकेट गुमाउन पुग्यो । ११ रन बनाउँदा सातौ विकेट गुमाएको थाइल्याण्डले १५ रनमा आठौँ र नवौँ विकेट गुमाएको थियो ।

सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले थाइल्याण्डलाई १९ रनमा रोक्दा नेपाली बलरहरु आरती विडारीले ३ तथा इन्दु बर्मा र सरिता मगरले दुई–दुई विकेट लिँदा रुबिना क्षेत्री, सीता रानामगर र सोनु खड्काले एक–एक विकेट लिए ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया