फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा

 माघ २, २०७५ बुधबार १३:२७:३६ | एजेन्सी
unn.prixa.net

विश्व वरीयतामा तेस्रो स्थानमा रहेका स्वीस खेलाडी रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

बुधबार भएको खेलमा पुरुष टेनिसका सर्वाधिक सफल खेलाडी फेडेररले बेलायतका ड्यान इभान्सलाई हराउँदै तेस्रो चरणको यात्रा सुरक्षित गरे । २० पटकका ग्राण्डस्लाम च्याम्पियन फेडेररले इभान्सलाई ३–० को सेटमा हराएका थिए ।

३७ वर्षीय फेडेररविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका इभान्स पहिलो र दोस्रो सेटमा ७–६ र ७–६ ले पराजित भए । तर अन्तिम खेलमा फेडेररले ६–३ को सहज जित निकाले ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया