‘पिरतीको गाउँ’ मा अमृत, करुणा र उत्सवको रोमान्स

 माघ २, २०७५ बुधबार १५:२४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली चलचित्र ‘सय कडा दश’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश‘पिरतीको गाउँ’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । 

उक्त गीतमा स्वप्न सुमन र त्रिशाला गुरुङको स्वर  रहेको छ । गीतको शब्द रवि मल्लले लेखेका हुन् भने संगीत कल्याण सिंहले गरेका हुन्  । 
चलचित्रको उक्तगीतको भिडियो लाई दिलिप ओखेडाले कोरियोग्राफी गरेकाहुन् । 

यो गीतमा चलचित्रका मुख्य ३ कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपानेलाई फिचरिङ गरिएको छ ।

रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राज्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ । 

चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सन्जिव न्यौपानेले मिलेर बनाएका हुन् ।

चलचित्रमा राजाराम पौडेल तथा मनोज गजुरेलको मुख्य भूमिका छ । चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ ।

उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया