काठमाण्डौको गंगबुमा ग्यास सिलिण्डर विस्फोट : एकजनाको ज्यान गयो

 माघ २, २०७५ बुधबार १७:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको गंगबुमा ग्यास सिलिण्डर विस्फोट हुँदा एकजनाको ज्यान गएको छ ।

चारजना घाइते भएका छन् । बिहान १२ बजे पिस नेपाल ह्याण्डी क्राफ्ट नामक फ्याक्ट्रीमा ग्यास सिलिण्डर  विस्फोट हुँदा त्यहाँ काम गर्ने नुवाकोट बेलकोटका काजी तामाङको ज्यान गएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

बिस्फोटपछि गम्भीर घाइते भएका तामाङको शिक्षण अस्पतालमा उपचारका क्रममा दिउँसो २ः५५ मा बजे ज्यान गएको हो । घाइते चारजनाको अहिले शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया