५२ वर्षपछि उपाधि होडमा रहेको इंग्ल्याण्डलाई रोक्ने दाउमा ट्युनिसिया

 असार ४, २०७५ सोमबार १८:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

रुस विश्वकप जारी रहँदा महारथी टिमहरुको नतिजाले समर्थकहरु त्यति धेरै खुशी हुन सकेका छैनन् । यसै क्रममा फुटबलको अर्को महारथी इङ्ल्याण्डले सोमबार पौने १२ बजे ट्युनिसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह जीमा यी दुई सँगै बेल्जियम र पानामा पनि रहेका छन् ।

विश्वकपको उपाधि समेत उचालिसकेको इंग्ल्याण्ड अहिले फिफा वरीयतामा १३ तथा ट्युनिसिया १४ औं स्थानमा रहेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

पहिलो पटक सन् १९५० मा विश्वकपको एरेनामा आएको इंग्ल्याण्ड त्यसपछिका सबै संस्करणमा सहभागी हुँदैछ ।सन् १९६६ मा इंग्ल्याण्डले विश्वकपको आयोजना गरेर उपाधि पनि आफै उचालेको थियो । त्यतिबेला जर्मनीलाई ४–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको थियो ।  इंग्ल्याण्ड ५२ वर्षपछि उपाधि चुम्ने दाउमा रहेको छ । 
तर २०१४ को विश्वकपमा नमिठो पराजय भोग्दै इंग्ल्याण्ड समूह चरणबाटै बाहिरएको थियो । २०१८ विश्वकपमा इङ्ल्याण्ड समूह चरण पार गर्न पहिलो खेलमा स्पष्ट ३ अंक लिने प्रयासमा हुने छ ।

सम्भावित ११ खेलाडी

जोडान पिकफर्डले गोलपोस्ट रक्षा गर्ने जिम्मेवारीमा रहेका छन् । २७ वर्षीय पिकफर्ड टोटनह्यामबाट खेल्दै आएका छन् । देशका लागि उनी ७ क्याप जितिसकेका छन् ।

म्यानचेष्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने केली वाल्कर पहिलो रोजाईमै पर्छन् । ३५ क्याप जितिसकेका उनको प्रदर्शनले धेरै विपक्षी स्ट्राइकरको टाउको दुखाईको विषय बन्ने गरेको छ ।

यसै गरी जोन स्टोन्स, ह्यारी मागुरे र केरियन ट्रिपेयर डिफेन्स लाइनमा हुनेछन् ।

त्यस्तै, ह्यारी केन, रहिम स्र्टलिङ, जोर्डन हेन्डरसन, जेसस लिंगार्डजस्ता खेलाडीको साथले गर्दा इंग्ल्याण्डको टिम बलियो मानिएको छ ।  

ट्युनिसिया १९७८ मा पहिलो पटक विश्वकप खेलेको थियो । पछिल्लो विश्वकप २००६ मा खेलेपछि पछिल्ला दुई संस्करणमा उ छनौट हुन सकेन । २०१८ को विश्वकप भने मात्र पाँचौँ सहभागिता हो । ट्युनिसियाले पाँचौ विश्वकपमा सहभागिता जनाउँदै गर्दा ४ संस्करण भने किर्सन लायकनै छन् । कुनै पनि संस्करणमा ट्युनिसियाले समूह चरण पार गर्न सकेको छैन ।
 
एम्यान माथलाउटी, डेलन ब्रोन,  श्यामबेन युसुफ, याशिन मिराज, अली मालोल, एलियश सखिरी, फिरजानी शासी, ओहबी कजारी र शबेर खालिफा जस्ता खेलाडी ट्युनिसियाका मुख्य हतियार हुन् ।

हेड टु हेड

अहिलेसम्म दुई पटक मात्रै इंग्ल्याण्ड र ट्युनिसिया भिडेका छन् । जसमध्ये १९९० मा भएको मैत्रीपूर्ण प्रतियोगिता १–१ गोलको बराबरीमा टुंगिएको थियो भने १९९८ को विश्वकपको समूह चरणमा भेट हुँदा इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भएको थियो ।

प्लेयर्स टु वाच

ट्युनिसिया 

ओहावी कजारी मूख्य खेलाडी हुन् । २७ वर्षीय कजारी सण्डरल्याण्डबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । अहिलेसम्म ३६ क्याप जितेका उनले १२ गोल गरेका छन् ।

इंग्ल्याण्ड

ह्यारी केनः टोटनह्यामका स्ट्राइकर ह्यारी केन इंग्लिस प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । बोर्नमाउथ विरुद्धको खेलमा घाइते भएपछि उनी लामो समय मैदान बाहिर रहे ।  त्यतिबेला उनको गोलीगाँठामा चोट लागेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया