चितुवाको आक्रमणबाट बालक घाइते

 माघ २, २०७५ बुधबार १८:२२:५४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको शिवनाथ गाउँपालिकामा चितुवाको आक्रमण परेर ११ वर्षीय बालक घाइते भएका छन् ।

घाइते हुनेमा शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडी ओल्याका रवीन्द्र धनाडी  रहेका छन् । बुधबार बिहान झण्डै ८ बजेतिर विद्यालय जाँदै गरेको अवस्थामा रवीन्द्रलाइ शिवनाथ गाउँपालिकाकै शिवनाथ मन्दिर पछाडि चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

घाइते बालकको उपचार केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भइरहेको छ । उहाँको गर्धन र घाँटीमा सामान्य चोट लागेको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेट मुकेश दयालले जानकारी दिनुभयो ।

घाइते बालक धनाडी पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको रामेश्वर माविमा कक्षा ५ मा अध्ययनरत रहेको स्थानीय गाम्भीर दयालले जानकारी दिनुभयो । गएको पुस ११ गते पनि शिवनाथ गाउँपालिका वडा नम्बर ६ ओखेडानीकी ४८ वर्षीया हिउँकला धनाडीलाई चितुवाले आक्रमण गरेको थियो ।

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले वि.सं. २०६८ साल यता २३ जनाको ज्यान लिइसकेको छ भने कयांैलाइ घाइते बनाएको छ । प्रशासनले धेरैपटक चितुवा मार्न तल्लो स्वराडमा प्रहरी र वनरक्षकको टोली पठाए पनि चितुवा फेला पार्न नसकेर फर्किने गरेको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया