आइएफबीबी लिग बडिबिल्डिङका लागि नेदरल्यान्डका ‘द बिष्ट’ नेपाल आउने

 माघ २, २०७५ बुधबार १८:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पहिलो पटक हुन लागेको आइएफबीबी लिग बडिबिल्डिङका ‘गेष्ट पोजर’ का रूपमा नेदरल्यान्डका रोली विङ्कलार फेब्रुअरी १४ मा नेपाल आउने भएका छन् । 

उनी १४ तारिखमा आएर १७ तारिखमा फर्कने बताइएकाे छ ।

विङ्कलार यस वर्षको ‘आर्नोल्ड क्लासिक’ विजेता हुन् । नेदरल्यान्डमा जन्मिए पनि उनी अमेरिकामा बसोबास गर्छन् । ‘द बिष्ट’ र ‘ सामुराई’ को उपनामले चर्चित विङ्कलार विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन् ।

उनको हातको पाखुरा मात्र २४ इन्च, ‘थाई’ २८ इन्च छ भने उनको शरीरिक तौल १ सय ३० केजी छ । इन्स्टाग्राममा मात्र उनका ‘फलोअर’ १२ लाख छन् ।

नेपालमा आयोजना हुने प्रतियोगितालाई ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’ नाम दिइएको छ । प्रतियोगिता ‘एकेडेमी हल’ मा फागुन ३–४ गते आयोजना हुने पक्का भइसकेको छ ।

प्रतियोगितामा भाग लिन संसारभरिका १ सयभन्दा बढी बडिबिल्डरहरु नेपाल आउँदैछन् । उनीहरूले ४ वटा क्याटेगोरीमा ‘प्रो कार्ड’ जित्न नेपालमा आफ्नो भिमकाय शरीर देखाउने छन् ।

नेपालमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि भिडन्त हुँनेछ ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया