बीपीएल: रंगपुरविरुद्धकाे खेलमा सन्दीप टाेलीमा, टाेलीले टस हारेर ब्याटिङ गर्दै

 माघ २, २०७५ बुधबार १९:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश प्रिमियर लिगकाे रंगपुरविरुद्धको खेलमा नेपाली बलर सन्दीप लामिछाने टिममा फर्किएका छन् ।

उनको टिमले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

बीपीएलको पहिलो खेलमा दुई विकेट लिएका सन्दीप पछिल्ला दुई खेलमा विकेटविहीन रहेका थिए । त्यसमा पनि उनी ढाकाविरुद्धको खेलमा महंगो सावित भएका थिए । जसका कारण टिमले कोमिल्लाविरुद्धको खेलमा उनलाई आराम दिएको थियो ।

टस हारेर ब्याटिङ गरेकाे सन्दीपकाे टिम सिलेटले यतिबेला १४ ओभर सकिँदा १ विकेटकाे क्षतिमा १२६ रन बनाएर खेलिरहेकाे छ । यसका लागि कप्तान डेभिड वार्नरले ३६ र लिटन दासले ६९ रनका साथ क्रिजमा छज् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया