न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारजगतले सधैँ नकारात्मक कुराहरु मात्रै औल्याएको भन्दै असन्तुष्टी प्रकट गर्नुभएको छ ।
२१ औं भूकम्प सुरक्षा दिवसको सन्र्दभमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनर्निर्माणको क्षेत्रमा उल्लेख्य काम भए पनि सञ्चार जगतले सधैँ नकारात्मक विषयको मात्रै उठान गर्ने गरेको बताउनुभएको हो ।
आफ्नो नेतृत्वको सरकारले भूकम्पले क्षति पुर्याएको संरचना पुनर्निर्माण र व्यक्तिगत आवास निर्माणको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै उहाँले सकारात्मक उपलब्धिमा मिडियाले चासो नदिएकोमा असन्तुष्टी व्यक्त गर्नुभयो ।
उहाँले मानविय आकांक्षा वा स्वार्थका कारण र प्राकृतिक विपत्तिले ल्याएको खतराबाट सबैलाई सुरक्षित राख्ने अभियानमा सरकार जुटेको स्पष्ट पार्नुभयो । आवास निर्माणका क्रममा अशक्त, अपाङ्ग, बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा एकल महिलालगायतलाई प्राथमिकतामा राखिएको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भौगोलिक दृष्टिले जोखिमयुक्त रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।