कटहरीबाट ६ जना बालकाको उद्दार

 माघ २, २०७५ बुधबार २०:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – कटहरी गाउँपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ ।

कटहरी गाउँपालिका वडा नम्बर–५, कृष्ण प्रणाम इट्टा भट्टामा काम गर्ने १६ वर्ष मुनिका  ६ जना बालकको प्रहरीले उद्दार गरेको हो । उनीहरुलाई गैह्र कानुनी रूपमा श्रममा लगाइरहेको अवस्थामा उद्धार गरी पूर्वाञ्चल अनाथ आश्रम बिराटनगरमा पठाइएको छ ।

भारत कुछविहार महग कुमार  माताभाङ  बस्ने  मोपिदुल मियाको १६ वर्षका छोरा रुवेल मिया, भारत छितेही बंगाल बस्ने चाँदकिशोर विश्वासको १६वर्षका छोरा कासन कुमार विश्वास,   भारत  छितेही बस्ने चाँदकिशोर विश्वासको १४ वर्षका छोरा राजकुमार विश्वास,  भारत बंगाल शितलखोशी बस्ने मसिदुल मियाको १४ वर्षका छोरा काउछर आलम, भारत बंगाल गोलेनाहाटी  बस्ने नजिरुल मियाका ११ वर्षका छोरा रुवेल मिया  र मोरङको भौडाहा बस्ने राजु सरदारका १३ वर्षका छोरा मोहन सरदारलाई प्रहरीले उद्दार गरेको हो ।

त्यस्तै प्रहरीले इट्टा संचालकलाई समेत नियन्त्रणमा लिएर श्रम कार्यालयमा बुझाएको छ । इट्टा भट्टाका संचालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर ३ का  ४७ वर्षका फणिन्द्रबहादुर ढकाललाई आवश्यक कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया