शेयर बजार सामान्य बढ्याे
चैत १५, २०८० बिहिबार
युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डोको एकमात्र गोलका कारण उसले उपाधि उचाल्न सफल भयो ।
साउदी अरेवीयाको जेदाहमा भएको फाइनलमा एसी मिलानलाई एक शून्यले हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपरकोपाको उपाधि उचाल्न सफल भयो ।
रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि ६१ औं मिनेटमा मिरालीम जानीकको पासमा रोनाल्डोले गोल गर्न सफल भए । सिरी ए लिडर युभेन्टसका लागि यो सिजन रोनाल्डोको यो १६ औं गोल हो ।
त्यसपछि पनि एसी मिलानले खेलमा फर्कन निकै प्रयास गरेको थियो । तर एक पटक प्याट्रिक कुटरोनीको प्रहार क्रसबारमा लागेर फर्कियो ।
७३ औं मिनेटमा एसी मिलानका मिडफिल्डर फ्रान्क किसी रातोकार्ड पाउदै मैदानबाट बाहिरिएपछि टिम झन् दबावमा पर्यो । त्यसपछि दुबै टिमबाट थप गोल भएन र युभेन्टसले उपाधि उचाल्यो ।