पहाडी क्षेत्रको मौसममा बदली, पश्चिममा पानी पर्ने सम्भावना

 माघ ३, २०७५ बिहिबार ८:२३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार उपत्यकासहित धेरै ठाउँको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले बुधबारदेखि नै धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै फेरि बदली भइहाल्ने उहाँको अनुमान छ । पश्चिमको एक दुई ठाउँमा पानी पनि पर्न सक्छ । यस्तै उच्च हिमाली भेगमा हिमपातको संभावना छ । तराई क्षेत्रको मौसम भने सफा रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

यो प्रणाली बिहीबार रातिदेखि हटे पनि अर्को प्रणाली पश्चिम प्रवेश गर्न लागेकाले अबको केही दिन पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । बिहीबार बिहान ३ दशमलव २ डिग्री सेल्सियस रहेको काठमाण्डौको दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान छ । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया