स्विडेनलाई भीएआरको साथ, दक्षिण कोरियालाई १–० ले हरायो

 असार ४, २०७५ सोमबार २०:१०:५३ | एजेन्सी

विश्वकपमा स्विडेनले विजयी सुरवात गरेको छ । आज भएको खेलमा उसले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई १–० गोलअन्तरले हरायो ।
 
खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीलाई स्वडेनका डिफेण्डर आन्द्रेस ग्रान्भिस्टले गोलमा परिणत गरेका थिए । त्यही गोलले स्वीडेन विजयी भयो ।
 
६२औं मिनेटमा कोरियाली डिफेण्डर किम मिन वोले स्वीडेनका भिक्टर क्लेसोनलाई डिबक्सभित्र फल गरेको भिडियो असिस्टेन्ट रेफ्रीबाट प्रमाणित भएपछि स्वीडेनले पेनाल्टीको अवसर पाएको हो । विश्वकपमा यसै संस्करणबाट भीएआर तथा गोल लाइन टेक्नोलोजीको प्रयोग भएको हो ।

यसअघि फ्रान्स र अष्ट्रेलियाबीचको खेलमा भीएआर तथा गोल लाइन टेक्नोलोजीको प्रयोग भएको थियो ।
 
युरोपियन टोली स्वडेनले खेलमा सन् २००२ को सेमिफाइनलिष्ट कोरियालाई दवावमा राखेको थियो । स्विडेनविरुद्ध कोरियाले एउटै पनि राम्रो आक्रमण बुन्न नसक्दा पराजित हुनपुग्यो । दक्षिण कोरिया र स्विडेन विश्वकपमा पहिलो पटक भिडेका थिए ।
 
विश्वकप अन्तर्गत आजै बेल्जियम र पानामा पौने ९ बजे तथा राति पौने १२ बजे ट्युनिसिया र इंग्ल्याण्ड आमने सामने हुँदैछन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया