जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
संखुवासभा — संखुवासभाको सिलिचोङ गाउँपालिका–३, लुम्ङदियामा प्रहरीले बुधबार अवैध मृगको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा ताम्कु प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले स्थानीय उत्तरकुमार राईको घरबाट सो छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्र छाला लुकाइ राखिएको अवस्थामा भेटिएपछि राईलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
अवैध छालाको बारेमा आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय संखुवासभामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कटुवालल जानकारी दिनुभयो ।
त्यसैगरी, बुधबार नै खाँदबारी नगरपालिका–२ चेवा बेतेनीमा सालको काठसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २५ वर्षीय सुवास विश्वकर्मा, २९ वर्षीय तिर्थकुमार राई, ३५ वर्षीय विशालकुमार राई, ३५ वर्षीय विरेनकुमार राई, ३३ वर्षीय ताराकुमार राई र ३३ वर्षीय सर्जुमान राई रहेका छन् ।
विशेष सुराकीको आधारमा प्रहरीले जंगलबाट नै उनीहरुलाई पक्राउ गरेको प्रनि कटुवालले बताउनुभयो । उहाँका अनुसार, सालको काठ टुक्रा–टुक्रा गोला बनाइ बाहिर निकाल्दै गरेको अवस्थामा काठ बरामद गरी अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।
बरामद गरिएको काठ आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय संखुवासभामा पठाउने जिल्ला प्रहरी कार्यालयका प्रनि कटवालले बताउनुभयो ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।