आगोमा जलेर एक महिलाको  ज्यान गयो

 माघ ३, २०७५ बिहिबार १५:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – आगोमा जलेर इलाममा एक महिलाको बिहीबार ज्यान गएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ लुम्देकी ५४ वर्षीया बिष्णुमाया राईको जलेर मृत्यु भएको हो । कोठामा टुकी बत्ती बालेर सुतिरहेको अवस्थामा बेडमा आगो सल्किएपछि घाइते भएकी राईको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

मृतकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया