राजपाको केन्द्रीय संयोजक महेन्द्र राय बन्ने

 माघ ३, २०७५ बिहिबार १६:२३:५५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय संयोजक महेन्द्र राय यादव बन्ने हुनुभएको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गएको मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजक बन्नुभएको थियो । महतोको संयोजक पदको दुई महिने कार्यकाल समाप्त हुन लागेपछि माघ ४ गते अर्थात भोलि बस्ने राजपा नेपालको बैठकले अब अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले संयोजकलाई जिम्मेवारी दिने तयारी भएको राजपाका एक केन्द्रीय नेताले जानकारी दिनुभएको छ ।

६ पार्टीबीच एकता भएपछि राजपा नेपालमा ६ सदस्य अध्यक्ष मण्डल छन् भने त्यसै मध्येका एक अध्यक्ष मण्डलका सदस्य संयोजक बन्ने प्रावधान छ । राजपाका एक केन्द्रीय नेताका अनुसार पार्टी एकीकरण भएको लामोसमयसम्म महन्त ठाकुर नै अध्यक्ष मण्डलका संयोजक भएपछि पछिल्लो समय दुई महिने कार्यकाल रहने गरी चक्रिय प्रणाली लागू गरिएको छ ।

शुक्रबार राजेन्द्र महतोको संयोजकको कार्यकाल सामाप्त हुन लागेको छ । गएको मंसिर ४ गते बसेको राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठकबाट राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

एक केन्द्रीय नेताले नाम सार्वजनिक नगर्ने शर्तमा भन्नुभयो, ‘भोली राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक बस्छ । त्यो बैठकबाट महेन्द्र राय संयोजक बन्ने पक्का पक्की जस्तै भएको छ ।’

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया