जापानमा कामदार पठाउन नेपालले थप गृहकार्य गर्ने

 माघ ३, २०७५ बिहिबार १६:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कामदार जापान पठाउने विषयमा थप गृहकार्य गर्ने सहमति भएको छ ।

नेपालबाट कामदार लैजाने विषयमा बुधबार जापानी प्रतिनिधिसँग भएको औपचारिक छलफलमा नयाँ व्यवस्था अनुसार जापानमा काम गर्न पाउने वातावरण बनाउन थप गृहकार्य गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

छलफलमा नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यमबाट नेपालको विकासमा योगदान पु¥याउने वातावरण बनाउन दुवै देशले सहकार्य गर्ने पनि सहमति भएको छ ।

जापानको अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी कामदार व्यवस्थापन गर्न जारी भएको नयाँ कानुनी प्रावधानका बारेमा जापानले नेपाललाई जानकारी गराएको थियो । नेपाली कामदार जापान पठाउने सन्र्दभमा पारस्परिक हित प्रवद्र्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विभिन्न आयाममा पनि छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी नयाँ मापदण्ड अनुसार कामदार पठाउने विषयमा जोड दिएको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया