बालबालिकालाई ‘किवानीज’को सहयोग

 माघ ३, २०७५ बिहिबार १७:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय सहयोगी संस्था किवानिज इन्टरनेशनलको ताइपेइ सिटी क्लबले काँडाघारीमा रहेको फ्यूचर होप नेपाल बालआश्रमलाई सहयोग गरेको छ ।

किवानिज ताइपेइ सिटी डिभिजनकी प्रमुख कोकोलिको नेतृत्वमा आएको २० जनाको समूहले बालआश्रमलाई खाट, हिटर, खेलौना, राइस कुकर, जुस मेकरलगायतका सामाग्री वितरण गरेको हो ।

२१ जना बालबालिका रहेको फ्यूचर होप अनाथालयमा किवानीज ताइपेइ सिटी क्लबले बिहीबार झण्डै २ लाख रुपैयाँ बाराबरको सहयोग सामाग्री उपलब्ध गराएको हो । ‘सर्भिङ्ग द चिल्ड्रेन अफ दी वल्र्ड’ भन्ने मूल नाराका साथ झण्डै १ सय ३ वर्ष अगाडि स्थापना भएको यो क्लबले पहिलोपटक नेपाली बालबालिकालाई सहयोग गरेको हो ।

१६ जनाको समूहमा ताइवानबाट आएका क्लबका सदस्यहरुले नेपाली बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी महसुस गरेको बताए । क्लबलाई नेपालमा सहयोग गर्न प्रोत्साहित गर्ने जोय लियागंले बालबालिकालाई आफ्नो कथा सुनाउँदै भनिन्, ‘९ वर्षको उमेरमा पोलियोले मेरा खुट्टा चल्न छाडे । तर पनि मैले हार मानिन् । र आज म दक्षिण एसियाकै राम्रो ह्विलचेयर डान्सर हुँ ।’

ह्विल चेयरमै काँडाघारी पुगेकी जोयले आफ्नो कथा सुनाइरहँदा उपस्थित सबै भावकु बनेका थिए । ८० भन्दा धेरै देशमा कार्यरत किवानी इन्टरनेशनलेले बुधबार पनि जोरपाटीमा रहेको अपागं पुनस्थापना केन्द्रलाई २ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो । किवानीजको ताइपेइ सिटी क्लब ‘लभ अराउण्ड द वल्र्ड’ भन्दै ६ दिनको नेपाल भ्रमणमा आएको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया