नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा स्वीडेनका जोन कालिनलाई नियुक्त गर्ने तयारी

 माघ ३, २०७५ बिहिबार २०:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा जोन कालिन आउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले स्वीडेनका कालिनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले मार्च महिनादेखि राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण दिने भनिए पनि पारिश्रमिकबारे भने केही सार्वजनिक गरिएको छैन ।

नयाँ प्रशिक्षक छान्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक समितिले छलफल गरेको थियो ।

यसअघि जापानी प्रशिक्षक ग्योतुको कोजी भिसाका कारण फिर्ता भएपछि नेपाली राष्ट्रिय टिमको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइएको थियाे । कृष्णबहादुर थापा, उपेन्द्रमान सिंह, दिनेश व्यञ्जनकार, कुमार राजभण्डारी र सञ्जीब मिश्र सम्मिलित समितिले कालिनसँग छलफल गरेका थिए।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया