खरिदमा अनियमितता: प्रदेश-५ का प्रतिपक्षी नेताले फिर्ता गरे आफूले चढ्दै गरेकाे गाडी

 माघ ४, २०७५ शुक्रबार १८:५:४४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - प्रदेश नम्बर ५ काे प्रदेश सभासमक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढदै आएको गाडी फिर्ता गर्नुभएको छ ।

प्रदेश सभाले गाडी खरिदमा अनियमितता गरेको समाचार बाहिर आएपछि उहाँले प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतमा आफूले चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडी शुक्रबार फिर्ता गर्नुभएको हो ।

उहाँले प्रदेश सभा सचिबालयका सचिव दुर्लभ कुमार पुन मगरलाई गाडीको ब्लुबूक र साँचाे बुझाउनु भएको हो । ‘गाडी खरिदमा अनियमितता भयो भन्ने समाचार बाहिर आएपछि मेराे नैतिकताले समेत गाडी चढ्न दिएन,’ चावी बुझाएपछि संसदीय दलका नेता पोखरेलल भन्नुभयो । अनियतिता सम्बन्धमा छानबिन हुनुपर्ने पनि उहाँले बताउनु भयो ।

यसअघि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले आफूले चढदै आएको गाडी फिर्ता गर्नुभएको थियो । गाडि खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले उपसमिति नै बनाएर छानबिन गरिरहेको छ ।

प्रदेश सभा सचिवालयले संसदिय दलका नेता , प्रमुख सचेतक र संसदिय समितिका सभापतिहरुलाई गाडी सुबिधा दिएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया