जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सल्यान – सल्यानमा एक व्यक्तिले निम्तो दिन आएका छिमेकीलाई हथौडा प्रहार गर्दा छिमेकीको ज्यान गएको छ ।
शिद्धकुमाख गाउँपालिका–२ सल्लाघारी बस्ने ४७ वर्षका शालिकराम चलाउनेले त्यसै ठाउँका ४२ वर्षीय यमन बोहरालाई हथौडा प्रहार गर्दा बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।
छोराको बिहेको लागि आज शुक्रबार चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा ढुङगा फोडने हथौडा प्रहार गरेको र बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्सपेक्टर गिरिराज भण्डारीले बताउनुभयाे
शुक्रबार बिहान ८ बजे चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई एक्कासी टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको उहाँले बताउनुभयो ।
घटनालगतै फरार रहेका अभियुक्त चलाउने स्थानीय अभियुक्त चलाउने कुमाख भन्ने ठाउँबाट पक्राउ परेका छन् ।
अभियुक्त चलाउने पक्राउ परे पनि उनले के कति कारणले हथौडा प्रहार गरेकाे हो भन्ने खुल्न सकेको छैन ।
घटना बिहान ८ बजेको भए पनि ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।
मृतक बोहराका १ छोरा र १ छोरी रहेको तथा घरको आर्थिक अवस्थासमेत कमजोर रहेको स्थानीयले बताएका छन् ।