जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखले बोरुसिया डर्टमन्डसँगको अन्तर घटायो

 माघ ५, २०७५ शनिबार ६:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले होफेनहमलाई तीन एकले हराउँदै शीर्ष स्थानकाे बोरुसिया डर्टमन्डसँगको अन्तर कम गरेको छ ।

प्रिजिरो एरिनामा भएको खेलमा बायर्नको जितमा लियोन गोरिज्काले दुई गोल गरे । खेलको ३४ औं मिनेटमा लियोनको गोलमार्फत बायर्नले खेलमा अग्रता बनाएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एलाबाको पासमा पुनः लियोनले नै गाेल गरे । 

पहिलो हाफमा दुई गोलले पछि परेको होफेनहमले ५९ औं मिनेटमा गोल फर्काउन सफल भयो । उसका लागि निको सुल्सजले गोल गरे । तर ८७ औं मिनेटमा फेरि रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई तीन एकको जित दिलाए ।

जितसँगै बायर्नले १८ खेलबाट ३९ अंक बनाएको छ । शीर्ष स्थानको बोरुसिया डर्टमन्डको १७ खेलबाट ४२ अंक रहेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया