उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच छिट्टै भेटवार्ता हुने

 माघ ५, २०७५ शनिबार ७:५२:१९ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाका नेता किम जोङ उन  र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना भेटवार्ता हुने भएको छ । अमेरिका पुगेका उत्तर कोरियाका एक उच्च अधिकारी किम योङ्ग चोलले ह्वाइटहाउसमा ट्रम्पसँग भेट गरेका छन् । 

भेटपछि आउँदो फेब्रुअरीको अन्त्यतिर ट्रम्प र किमबीच भियतनाममा वार्ता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ । किम योङ्ग चोल उत्तर कोरिया तथा अमेरिकाबीचको अघिल्लो पटक भएको वार्तामा सहभागीमध्येका एक सदस्य हुन् । 

ट्रम्प र किमबीच गएको जुनमा सिंगापुरमा पहिलो भेट भएको थियो यसलाई ऐतिहासिक भेट मानिएको थियो । त्यसपछि दुई पक्षबिच विभिन्न चरणमा बार्ता र छलफल भइरहेका छन् । 

जुनमा भएको भेटमा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे सहमतिमा हस्ताक्षर समेत भएको थियो । अहिले उत्तर कोरिया तथा नेता किमसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्  ।


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया