बीपीएलकाे अन्तिम खेलमा सन्दीपकाे राम्राे प्रदर्शन, ४ ओभरमा मात्र २१ रन

 माघ ५, २०७५ शनिबार १६:५७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश प्रिमियर लिगको अन्तिम खेलमा सन्दिप लामिछानेले राम्राे बलिङ गरेका छन् । उनले ४ ओभरमा २१ रनमात्र खर्चिए । 

नेपाल र यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका लागि प्रस्थान गर्नुअघि सन्दीपले सिलेट सिक्सर्सका लागि अन्तिम बीपीएल खेलेका हुन् ।

उनी यूएईविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिममा समावेश हुनेछन् । १३ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि नेपालले २ दिनभित्र टिमको घोषणा गर्ने छ । जसमा यसपटक केही नयाँ र युवा खेलाडी टिममा पर्नेछन् ।

नेपाली टिम आउँदो मंगलबार युएई प्रस्थान गर्दैछ । त्यसका लागि उनी काठमाडौं आउने छन् । सिलेट सिक्सर्स बीपीएल क्रिकेटको दोस्रो राउण्डमा प्रवेश गरे यूएईबाट सन्दीप बंगलादेश जाने छन् । दोस्रो चरणमा नपुगे अष्ट्रेलियाको बिग ब्यास खेल्न त्यता पुग्ने जनाइएको छ । 

बंगलादेश प्रिमियर लिग क्रिकेट बीपीएलमा आज विकेट विहीन बने । तर उनका महत्वपूर्ण ३ क्याच ड्रप भएका थिए । सन्दिपको टिम सिलेट सिक्र्ससले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

१९५ रनको लक्ष्य पछ्याएको रंगपुर राईडर्सविरुद्ध सन्दिपले चौथो ओभरमा आफ्नो स्पेलको पहिलो ओभर बलिङ गरेका थिए । जसमा सन्दिपले ३ रन खर्चिए । दोस्रो र अन्तिम बलमा क्याच ड्रप हुँदा विकेट लिन असफल भएका थिए ।

पहिला र दोस्रो बलमा एलेक्स हलले रन बनाउन सकेनन् । तेस्रो बलमा २ रन लिएका हलले चौथो बल पनि डट राखेका थिए । पाँचौ बलमा एक रन लिँदै हल ननस्ट्राइकमा आए पछि अन्तिम बल रिले रसवेले रन बनाएन् । उनको क्याच भने ड्रप भएपछि सन्दीप केही निराश देखिएका थिए ।

टिमको आठौं ओभर हुँदा व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एबी डी भिलियर्सले एक रन लिए । सन्दीपले दोस्रो बल डट राखेका थिए । तेस्रो बलमा एक रन खर्चिएका सन्दिपले चौथो बलमा भिलियर्सको ब्याटमा बल निकहुँदा विकेटकिपरले क्याच लिन सकेनन् ।

पाँचौ बलमा चौका खाएका सन्दीपले अन्तिम बलमा १ रन दिए । 

दशौं ओभरमा व्यक्तिगत तेस्रो ओभर लिएर आएका उनले पहिलो बलमा १ रन दिएका थिए । दोस्रो बलमा १ रन दिएका सन्दीपले तेस्रो बलमा चौका खाएका थिए । चौथो बलमा १ रन दिए । पाँचौं बलमा १ रन खर्चिदा अन्तिम बल भने डट राख्न सफल भए ।

सन्दीपले व्यक्तिगत चौथो ओभर टिमको १६औं ओभरमा गरेका थिए । ओभरकाे सुरुआती तीन बल डट राखेका थिए । चौथो, पाँचौ र छैटौं बलमा एक-एक रन दिएका थिए ।

समग्रमा ४ ओभरमा सन्दिपले २१ रन दिए पनि विकेटविहीन बने । विकेटविहीन रहे पनि ५.२५ इकाेनाेमी राख्दै उनकाे टिमका सबैभन्दा किफायती बलर सावित भए । त्यसबाहेका उनले कुनै वाइड वा नाे बल गरेनन् भने उनकाे बलमा विपक्षी ब्याट्सम्यानहरुले छक्का पनि प्रहार गर्न सकेनन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया