प्रधानमन्त्री ओली चीन प्रस्थान

 असार ५, २०७५ मंगलबार ९:५५:३६ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नुभएको छ ।

१ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो ।

 

हिमालयन एयरलाईन्सको विमान चार्टर गरि चीन उडेको नेपाली टोलीमा प्रधानमन्त्री ओलीसहित उहाँकी श्रीमति राधिका शाक्य, चारजना मन्त्री, सरकारी निकायका प्रमुख र प्रतिनिधिहरु, कानून व्यवसायी, उहाँको सचिवालयका पदाधिकारीहरु र सञ्चारकर्मी लगायत छन् ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो ।  


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया