ट्रकमा आगजनी गर्ने विप्लव समूहका २ कार्यकर्ता पक्राउ

 माघ ५, २०७५ शनिबार १९:१०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - सुर्खेतमा भएको ट्रक आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको (नेकपा)का दुई कार्यकर्तालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका-९ का पूर्णबहादुर बुढाथोकी र वीरेन्द्रनगर १२ का कमल विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रतिब क्षेत्रीले जानकारी दिनुभयो । 

पक्राउ परेका दुवैजना ‘विप्लव’ समूहका सुर्खेत जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।  

‘विप्लव’ समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले शनिबार बिहान दुई वटा ट्रकमा आगजनी गरेका थिए । उनीहरुले रत्न राजमार्गको सत्तरीमा ना ६ ख ७३१३ नम्बरको ट्रकमा र कर्णाली राजमार्गको बड्डीचौरमा ना ६ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेका थिए । 

पार्टीका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दामा प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपाले आज बन्दको घोषणा गरेको थियो  । प्रहरीले योगी र बुढालाई अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया