विदेश जान चाहनेलाई खानेबस्ने सुविधा सहित निःशुल्क सीप तालिमको अवसर

 असार ५, २०७५ मंगलबार १०:४४:१८ | उज्यालो सहकर्मी

काठमाडौं  – के तपाईं रोजगारीका लागि विदेश जाने सोचमा हुनुहुन्छ रु त्यसो हो भने सीप सिकेर जाँदा मात्रै तपाईले विदेशमा राम्रो काम र तलव पाउन सक्नुहुन्छ । 

कामदारको धेरै माग रहेको खाडीका देशमा चाहिने सीप सित्तैमा सिक्न पनि पाइने भएको छ । नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन लागेको हो ।

 
पुरुष कामदारले मेसन (डकर्मी) र सटरिङ कार्पेन्टर ९फर्मा लगाउने० सीप सित्तैमा सिक्न पाउनेछन् । यो तालिम लिने व्यक्तिहरुको तालिमको अन्त्यमा सीप परीक्षण (Skill Test) पनि गरिनेछ ।

सीप परीक्षणमा सफल हुनेलाई खाडीका देशमा मान्यताप्राप्त प्रतिष्ठित तालिम दिने संस्थाले प्रमाणपत्र समेत दिनेछ । त्यसैगरी पुरुषकै लागि सिमित संख्यामा स्काफोल्डिङ्ग ९फलामबाट बनेका पाइपको खट बाँध्ने, वेल्डिङ् र औद्योगिक इलेक्ट्रिसियनको तालिम पनि सञ्चालन भइरहेको छ । 

सबै खालको तालिम लिन १९ देखि ३५ वर्षभित्रको उमेर हुनुपर्ने, पासपोर्ट भएको र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएको हुनुपर्छ । 

कसले तालिम लिन पाउँछन् ?

मेसनका र स्काफोल्डिङ्गका लागि कक्षा ५ भन्दा माथि र वेल्डिङ् तथा सटरिङ कार्पेन्टरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ ।  औद्योगिक इलेक्ट्रिसियनका लागि कक्षा १० पास भइ इलेक्ट्रिसियन तह १ को प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ ।

त्यस्तै, जोर्डनका गार्मेण्ट कम्पनीहरुमा रोजगारीका अवसरलाई लक्षित गरी महिलाहरुका लागि मात्र गार्मेन्ट मेशिन अपरेटर तालिम सञ्चालन भइरहेको छ । १९ देखि ३० वर्षभित्रका, कक्षा ५ भन्दा माथि पढेका, पासपोर्ट बनाएका र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका महिलाले गार्मेन्ट सम्बन्धी तालिम लिन सक्नेछन् । तालिम सकिएपछि एक रुपैयाँ पनि लगानी नगरी जोर्डनमा रोजगारीका लागि जान पाइनेछ ।

सबै तालिम एक महिना ९ दिनको हुनेछ । तालिममा सहभागी हुन कसैलाई कुनै पनि शीर्षकमा शुल्क तिर्नुपर्दैन । तालिम अवधिमा परिवार व्यवस्थापन, आम्दानीको व्यवस्थापन, नयाँ ठाउँमा घुलमिल हुने, स्वास्थ्य, सुरक्षा आदि विषयमा पनि जानकारी दिइन्छ । तालिममा सहभागी हुनेलाई तालिम अवधिभर खाने र बस्ने सुविधा समेत निःशुल्क दिइनेछ ।

तालिम पूरा भएपछि इच्छुक व्यक्तिलाई रोजगारीका लागि विदेश जान तालिम केन्द्रले समेत आवश्यक सहयोग गर्नेछ । तालिममा सहभागी हुन इच्छुकले साेमबार देखि शुक्रबार विहान ९ बजेदेखी बेलुकी ५ बजेसम्म मोवाइल नम्बर ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गरेर थप जानकारी लिन सकिन्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • sundar gurung

    April 23, 2019, 11:08 p.m.

    एकदम राम्रो लाग्यो।

  •  0 Reply
  • Manojkumar

    June 19, 2018, 2:34 p.m.

    Formane

  •  0 Reply

तपाईको प्रतिक्रिया