विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ को उत्कृष्ट प्रदर्शन

 माघ ६, २०७५ आइतबार १२:१२:३४ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री यामी गौतम अभिनित फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले प्रदर्शनको पहिलो दिनदेखि नै बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । थोरै बजेटमा बनेका फिल्महरुको लिस्टमा यो फिल्मले धमाकेदार कमाई गर्दै अगाडि बढीरहेको छ ।

यस अनुसार यस फिल्मले अबको तीन चार दिनभित्रै १०० करोडको व्यापार गर्न सफल हुनेछ । यस फिल्मले प्रदर्शनको आठ दिन सम्ममा ७८.५४ करोडको व्यापार गरिसकेको छ । साथै शनिबार र आइतबाट पनि बम्पर कमाई गर्ने अनुमान गरिएको छ । 

गएको शुक्रबार अभिनेता इमरान हाशमीको फिल्म ‘ह्वाई चीट इण्डिया’ रिलिज भएको थियो । तर यस फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । तसर्थ यस फिल्मको असफल प्रदर्शनको फाइदा विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ लाई भएको छ ।

यस फिल्मले प्रदर्शनको ५ दिनमै ५० करोडको व्यापार गरसकेको थियो भने ८ दिनमा ७८ करोडभन्दा बढी कमाइ सकेको छ । 

आदित्य धारको निर्देशन रहेको यो फिल्म जम्मा २५ करोडको लगानीमा निर्माण गरिएको थियो । यो फिल्म सन् २०१६ मा पाकिस्तानी हमलापछि भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकमा आधारित छ । फिल्ममा विक्की कौशल, यामी गौतम र परेश रावलको मुख्य भूमिका रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया