भारतले अन्तरिक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने

 माघ ६, २०७५ आइतबार २०:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले अन्तरिक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।

विभिन्न देशले अन्तरिक्ष परीक्षणका लागि कुकुर तथा बाँदरलगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो । सन् २०२१ मा अन्तरिक्षमा मानव पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको सहारा लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले सबै परीक्षणपछि सन् २०२१ को डिसेम्बरमा अन्तरिक्षमा मानव पठाउने तयारी गरेको छ  । भारतको यो मिसन सफल भएमा भारत अन्तरिक्षमा मानव पठाउने चौथो देश हुनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया