साथीको कुटाइबाट मलेसियामा ज्यान गुमाएका किशोरको शव आउँदा सिंगो गाउँ शोकमा

 असार ५, २०७५ मंगलबार १२:१४:५८ | रासस

पर्वत – साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसीको शव तीन हप्तापछि नेपाल ल्याइएको छ । 

पर्वतको मोदी गाउँपालिका ५ बाजुङ धमिलपानी गाउँका किशोरको शव सोमबार बिहान घरमा आएको हो । गएको जेठ १५ गते साथीहरुले कुटेर किशोरको हत्या गरेका थिए । 

रोजगारीका लागि विदेश किशारको आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ । किशोरको शव गाउँमा आएपछि गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए । उनको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर छोरो शवमा दागबत्ती दिनुभएको थियो ।

पूर्वी नेपालका चार जना युवाले किशोरलाई कुट्पिट गरेका हुन् । उनीहरु सँगै काम गर्ने साथी हुन् । 

कुटाइ पछि घाइते भएका किशोरको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा उनको पेटमा गहिरो चोट लागेको थियो । 

२० महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका किशोर परिवारका कान्छा सन्तान हुन् । उनका बुवा  भीमबहादुर पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहनुभएको थियो । 

कुटपिट गरी हत्या गर्ने साथीहरु चारैजना प्रहरी नियन्त्रणमा रहेपनि एकजनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारैजना दोषी भएपनि एकजनालाई जिम्मेवारी स्वीकार गर्न लगाई अन्य रिहा भएको सूचना आएको स्थानीयवासी भक्त कुँवरले बताउनुभयो । 

याे पनि पढ्नुहाेस् 

मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन अनुराेध

अन्तिम अपडेट: चैत १, २०८०

1 Comments

  • नर बहादुर रोका मगर

    June 19, 2018, 4:11 p.m.

    चारै जना लाई सजाय दिनु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया