फुल्चोकी जंगलमा हराइरहेका तीनजनाको उद्धार

 माघ ७, २०७५ सोमबार १०:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको फुल्चोकी जंगलमा हराइरहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । आइतबार दिउँसो फुल्चोकी जंगल घुम्न गएका नुवाकोट घर भई नयाँबजार काठमाण्डौ बस्ने १८ वर्षकी मल्लिका तामाङ, १७ वर्षकी मुस्कान तामाङ र महोत्तरी घर भई काठमाण्डौ क्षेत्रपाटी बस्ने १९ वर्षका अभिलेखप्रसाद साहको उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

फुल्चोकी घुम्न गएका उनीहरु हराएको सूचनापछि महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षक श्याम कुमार कटुवाल नेतृत्वको ९ जनाको टोली खटिएको थियो । उद्दार गरिएका तीनजनालाई अभिभावकको जिम्मा लगाइएको ललितपुर प्रहरीले जनाएको छ । 

यसअघि पुस २८ गते पनि गोदावरी नगरपालिका ३ फुल्चोकी जंगल घुम्न गएका १६ जना किशोर किशोरीलाई उद्धार गरिएको थियो । फुल्चोकी जंगल घुम्न जाँदा सावधानी अपनाउन ललितपुर प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Krishna kandel

    Jan. 21, 2019, 11:53 a.m.

    के गरेछन त यत्तिका दिनसम्म /

  •  0 Reply

तपाईको प्रतिक्रिया