अष्ट्रेलियन ओपनको प्रि क्वार्टरफाइनलमा पराजित भएपछि भरेभले भाँचे र्‍याकेट

 माघ ७, २०७५ सोमबार १२:२८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

चौथो वरियताका अलेक्सान्दर भेरेभ अष्ट्रेलियन ओपनको प्रिक्वार्टरफाइनलमा पराजित भएका छन् ।

क्यानडाका मिलोस राओनिकसँग ३–० को सोझो सेटमा पराजित भएपछि भेरेभको यात्रा अन्तिम १६ मै रोकिएको हो । १६औं वरियताका राओनिक क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा भएको खेलमा जर्मन खेलाडी भेरेभ राओनिकसँग ६–१, ६–१ र ७–६ को सेटमा पराजित भए । दोस्रो सेटमा पराजित भएपछि भेरेभ आफैंसँग असन्तुष्ट बन्दै ब्याट भाँचेका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया