साराको सफलताका कारण छोरीको पीआर म्यानेजरसँग झगडा गरे बोनी कपूरले

 माघ ७, २०७५ सोमबार १२:३३:४९ | एजेन्सी
unn.prixa.net

बोनी कपूर तथा अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरले फिल्म ‘धडक’मार्फत बलिउड डेब्यू गरिसकेका छिन् । साथै पहिलो फिल्मबाटै दर्शककोमन जित्दै बलिउड फिल्म उद्योगमा आफ्नो पहिचानसमेत बनाई सकेकी छिन् । मिडियाका साथसाथै जान्हवीका सामाजिक संजालमा समेत फ्यान फलोइङ पनि बढ्यो ।

तर अहिले जान्हवी कपूरका बुवा बोनी कपूर भने जान्हवी कपूरको करियरलाई लिएर चिन्तित देखिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार बोनी कपूरले यसै कारण जान्हवी कपूरका पीआर म्यानेजरसँग झगडा गरेका छन् । 

बलिउड फिल्म उद्योगमा जान्हवी कपूरका अलावा सैफ अली खान तथा अमृता सिंहकी छोरी सारा अली खानलेसमेत फिल्म ‘केदारनाथ’ मार्फत डेब्यू गरिन् । साराको यस फिल्म बाहेक उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि रिलिज भयो । जुन फिल्मले बक्सअफिसमा धमाकेदार कमाई गर्दै सुपरहिट भयो । यसै कारण सारा पनि एकाएक मिडिया तथा सामाजिक संजालमा छाइन् । जान्हवीका साथसाथै साराको पनि फ्यानफलोइङ बढ्यो ।

जान्हवी कपूर र सारा अली खानको इन्स्टाग्राम अकाउन्टमा फलोअरको संख्या बीच पनि धेरै अन्तर रहेको छ । जान्हवी कपूरलाई फलो गर्नेहरुको संख्या ३ मिलियन रहेको छ भने जान्हवी भन्दा केही पछि इन्स्टाग्राम प्रयोग गर्न थालेकी सारा अली खानको फलोअर जान्हवीको भन्दा दोब्बर ६ मिलियनको संख्यामा रहेको छ । 

अहिले सारा र जान्हवी कपूरमध्ये कसको ड्रेसअप सेन्स राम्रो, कसको लुक्स राम्रो, त कहिले उनीहरुको अभिनय क्षमतालाई लिएर एक अर्काकासाथ तुलना गरेर हेरिन्छ । यि सब कुरामा अभिनेत्री सारा अली खान जान्हवी कपूर भन्दा अगाडि बढीसकेकी छिन् ।

पछिल्लो समयमा जान्हवी कपूरको चार्म मिडिया तथा सामाजिक संजालमा फिक्का भइरहेको छ । यसै कारण जान्हवी कपूरका पिता बोनी कपूर जान्हवी कपूरका पीआर म्यानेजरसँग झगडा नै गरेका छन् । 

बोनीले यी सब कुराको दोष जान्हवी कपूरको पीआर कम्पनीलाई दिएका छन् । बोनी कपूरलाई लाग्छ की बलिउडमा उनकी छोरी जान्हवी कपूरको तुलनामा अहिले सारा अली खानलाई बढी महत्वका साथ लिइँदैछ ।

यो कुरा सारा अली खान र जान्हवी कपूरलाई पनि राम्ररी थाहा छ । किनकी सारा अली खान स्वयमले एक कार्यक्रममा हामी दुबैलाई रेड कार्पेटमा एकसाथ फोटो खिच्नु पर्छ । मिडियाकर्मीलाई हाम्रो कोलाज बनाउनमा समय बर्बाद गर्नुपर्ने छैन भनेकी थिइन् । 

साथै जान्हवी ‘केदारनाथ’ को स्क्रिनीङमा आएको बेला हामीले एकसाथ फोटो खिचायौं । त्यसबेला पनि जान्हवीले भनेकी थिइन की अब यहाँहरुलाई कोलाज बनाउनु पर्ने छैन ।’ 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया